नियम ३०घ
दलालको इजाजतपत्र नवीकरण सम्बन्धी व्यवस्था
(१) दलालको आफ्नो इजाजतपत्र नवीकरण गराउनको लागि ऐनको दफा ३१ को उपदफा (१) बमोजिमको म्यादभित्र नवीकरण दस्तुर बापत पच्चीस हजार रुपैयाँ समेत संलग्न राखी अनुसूची–२० बमोजिमको ढाँचामा समितिको कार्यालयमा निवेदन दिनु पर्नेछ । यसरी निवेदन प्राप्त भएमा समितिले त्यस्तो दलालको इजाजतपत्र नवीकरण गरिदिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र कुनै दलालले आफ्नो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई समितिको कार्यालयमा निवेदन दिएमा सो कारण मनासिव देखिएमा समितिले नवीकरणले म्याद नाघेको पहिलो दुई महिनासम्मको लागि पाँच हजार रुपैयाँ र त्यस पछिको चार महीनासम्मको लागि प्रतिदिन दुई सय रुपैयाँ थप दस्तुर लिई त्यस्तो इजाजतपत्र नवीकरण गरिदिन सक्नेछ ।